स्वास्थ्य सेवा सबैको पहुँचमा हुनुपर्छ

2022-12-27

Demo BITS

वाग्मती प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निमा लामाले स्वास्थ्य क्षेत्रमा सबैको पहुँचमा पु¥याउनका लागि काम गर्ने प्रतिबद्वता व्यक्त गर्नुभएको छ । मेलम्ची–७ को नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन तथा स्वागत, बधाई कार्यक्रमका क्रममा आज उहाँले स्वास्थ्य क्षेत्र सबैको पहुँचमा सर्वसुलभ पु¥याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । “मेरो पहिलो प्राथमिकता वाग्मती प्रदेशको १३ वटै जिल्लामा रहेको स्वास्थ्य संस्था सुधार गर्ने हुनेछ”, उहाँले भन्नुभयो । सुरुमा प्रदेशका १३ जिल्लाको स्वास्थ्य कार्यालय भ्रमण गर्ने र त्यसपश्चात् योजना बनाउने लामाले जानकारी दिनुभयो । “बिरामीका लागि चाहिने औषधिदेखि डाक्टर नर्सको लागि चाहिने स्वास्थ्य सामग्री उपलब्ध गराउनेसम्मको काममा म लाग्नेछु”, उहाँले भन्नुभयो । बाढी प्रभावितको पुनस्र्थापनाका लागि प्रदेश सरकार लागिपरेको पनि उहाँले बताउनुभयो ।


Popular News


  • +977-1-4780076, +977-1-4786489
  • news@roshankhabar.com
  • प्रकाशक - धर्मराज भुसाल
  • सम्पादक - अरुण बराल
  • सुचना बिभाग दर्ता नं. २१४ / ०७३–७४

Facebook


Copyright © 2026 All rights reserved by Nepal News

Powered by Bitmap I.T. Solution Pvt. Ltd..