नवनियुक्त कर्णाली प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

2022-12-27

Demo BITS

<span arial="" unicode="" ms",="" sans-serif;"="">कर्णाली, २६ कात्तिक (रासस) :   
<span arial="" unicode="" ms",="" sans-serif;"="">कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज पदभार ग्रहण गर्नुभएको छ । पदबहाली गर्नुभएका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभयो । उक्त स्वागत कार्यक्रममा प्रदेश प्रमुख परियारले संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारप्रति दृढ रहेर सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    
<span arial="" unicode="" ms",="" sans-serif;"="">    
<span arial="" unicode="" ms",="" sans-serif;"="">“कर्णालीवासी र यहाँको सम्पूर्ण विकासको सवालमा म निष्पक्ष र ईमान्दारिताका साथ काम गर्नेछु र त्यसमा यहाँको साथ सहयोग रहनेछ”, उहाँले भन्नुभयो, “यहाँहरूबीच आएका काम गर्ने अवसर पाउँदा मलाइ खुशी र गौरव लागेको छ ।” इतिहासले कर्णालीवासीका लागि काम गर्ने अवसर दिएको उहाँको भनाइ थियो ।    
<span arial="" unicode="" ms",="" sans-serif;"="">    
<span arial="" unicode="" ms",="" sans-serif;"="">नेपाल सरकारको यही कात्तिक २३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको प्रमुख तिलक परियारसहित १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशको प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नुभएको थियो । नवनियुक्त तीनवटै प्रदेशका प्रमुखले कात्तिक २५ गते राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।   


Popular News


  • +977-1-4780076, +977-1-4786489
  • news@roshankhabar.com
  • प्रकाशक - धर्मराज भुसाल
  • सम्पादक - अरुण बराल
  • सुचना बिभाग दर्ता नं. २१४ / ०७३–७४

Facebook


Copyright © 2026 All rights reserved by Nepal News

Powered by Bitmap I.T. Solution Pvt. Ltd..