TRENDING NOW
  विद्युत् आपूर्ति अनियमित हुँदा बाजुराका सञ्चारकर्मीलाई काम गर्न सकस  ||   प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः बैतडीको टोली छनोट  ||   मिथिलामा ‘गोधन’ पर्व मनाइँदै  ||   दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा  ||   स्वास्थ्य सेवा सबैको पहुँचमा हुनुपर्छ  ||   राष्ट्रपतिद्वारा स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको उद्घाटन  ||   राप्रपा महाधिवेशन : बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु  ||   राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि  ||   हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर  ||   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश  ||   चन्द्रागिरिमा धार्मिक तथा शैक्षिक महोत्सव सुरु  ||   पाँच दलीय समन्वय समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय  ||

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

राष्ट्रपतिद्वारा स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको उद्घाटन

‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त बनेको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको पुनःनिर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । स्वयम्भूमा आज आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भजन खलःको उद्घाटन गर्नुभयो । विसं १९९४ मा निर्माण गरिएको उक्त खलःमा स्थापनाकालदेखि नै भजनकीर्तन हुँदै आएको छ । ज्ञानमाला भजनमार्फत भगवान गौतमबुद्धले दिएका उपदेशलाई नागरिकका माझबाट पु¥याइँदै आइएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले ज्ञानमाला भजन खलःले ऐतिहासिक विरासत बोकेको र त्यसले समाजलाई जागृत गर्दै आएको बताउनुभयो । उहाँले ज्ञानमाला भजन खल स्थापनाको प्रमुख उद्देश्य समाजमा शान्तिका प्रवद्र्धक भगवान बुद्धको शाश्वत उपदेशको प्रवद्र्धन गरी सद्भाव, सहिष्णुता र सामाजिक चेतना फैलाउनु, नागरिकलाई साक्षर बनाउनु तथा सांस्कृतिक जागरण ल्याएर महिला हकहितका पक्षमा गोलबन्द गर्नु रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले प्रकृति र संस्कृति एकअर्काका परिपूरक भएको उल्लेख गर्र्दै जनताका आस्थाका रुपमा रहेका मौलिक सांस्कृतिक धरोहरको सम्वद्र्धन गर्न र त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्न आवश्यक रहेको बताउनुभयो । “प्राकृतिक र सांस्कृतिक सम्पदा स्थलको स्वच्छता र कलात्मक सौन्दर्यतामा जोड दिँदै त्यसको मौलिकपनलाई जोगाउन आवश्यक रहन्छ”, उहाँले भन्नुभयो, “यसका निम्ति यस क्षेत्रमा रहेका प्राकृतिक विज्ञान सङ्ग्रहालय, ज्ञानमाला भजन खलः लगायत संस्थाले प्रकृति र संस्कृतिको संरक्षणमा ध्यान दिनुहुनेछ भन्ने लागेको छ ।” उहाँले ऐतिहासिक पुरातत्विक सम्पदाका रुपमा रहेको भजन खलःको पुनःनिर्माणमा सहयोग पु¥याउने नेपाल सरकारलगायत सबैलाई धन्यवाद दिनुभयो । काठमाडौँ महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय कला, भाषा, संस्कृतिको संरक्षणमा महानगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले भजन खलः पुनःनिर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गर्नुभयो ।

राष्ट्रिय

प्रहरीद्वारा अवैध सामान बरामद

राष्ट्रिय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय

नवनियुक्त कर्णाली प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

राष्ट्रिय

नेपाल–भारतबीचको सम्बन्ध मजबुत बनाउन पर्यटनसँग जोड्नुपर्छ : प्रमुख मिश्र

राष्ट्रिय

दुर्गमको पीडा : डोल्पामा सधैँ टिकटकै सास्ती

राष्ट्रिय

मङ्सिर १९ गतेदेखि बाघ गणना

राष्ट्रिय

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

राजनिती
अन्तराष्ट्रिय
स्वास्थ्य
मनाेरञ्जन
खेलकुद
  • +977-1-4780076, +977-1-4786489
  • news@roshankhabar.com
  • प्रकाशक - धर्मराज भुसाल
  • सम्पादक - अरुण बराल
  • सुचना बिभाग दर्ता नं. २१४ / ०७३–७४

Facebook


Copyright © 2026 All rights reserved by Nepal News

Powered by Bitmap I.T. Solution Pvt. Ltd..